Wide Nepal News बिहिबार २०, बैशाख २०८१ १०:२१

शाहरूखकाे जवान २ दिनमै करोड क्लबमा

एजेन्सी एजेन्सी
आइतबार, भदौ २४, २०८०
शाहरूखकाे जवान २ दिनमै करोड क्लबमा

शाहरुख खानको जवान २ दिनमै १०० करोडको क्लबमा प्रवेश गरेको छ। किङ खानले बक्स अफिसमा पहिलो दुई दिनमै १०० करोडको क्लबमा सामेल भएको बताए।

बक्स अफिस ट्रयाकर सचनिल्कको प्रारम्भिक तथ्याङ्क अनुसार जवानले दोस्रो दिन ५३ करोड भारु कमाएको छ, त्यसपछि भारतमा फिल्मको कलेक्सन १२७.५० करोड भारतीय रुपैयाँ बराबर पुगेको छ। ५३ करोड मध्ये ४७ करोड हिन्दी भाषाको छ। तर, यो आंकडा पनि ५० करोड भारतीय रुपैयाँ हुनसक्ने अनुमान छ।

कमाईको कुरा गर्ने हो भने जवानले पहिलो दिन ७४.५ करोड भारतीय रूपैयाँ कमाएको थियो। शाहरुख खानको जवानमा नयनतारा, विजय सेतुपति, सान्या मल्होत्रा, प्रियामणी, योगी बाबु, सुनील ग्रोवर र रिद्धि डोगरा महत्वपूर्ण भूमिकामा छन्। जहाँ दीपिका पादुकोण र सञ्जय दत्तको जबरदस्त क्यामियो देखिएका छन्।

प्रतिक्रिया