Wide Nepal News शुक्रबार ०४, जेठ २०८१ ०५:५२

शैल्यशिखरका ६ वर्षीय ब्लड क्यान्सर पिडीत बालकको उपचारमा सांसद दिलेन्द्रप्रसाद बडूको सहयोग

सम्बाददाता सम्बाददाता
मङ्गलबार, भदौ १९, २०८०
शैल्यशिखरका ६ वर्षीय ब्लड क्यान्सर पिडीत बालकको उपचारमा सांसद दिलेन्द्रप्रसाद बडूको  सहयोग

नेपाली कांग्रेशका केन्द्रीय सदस्य एवम् प्रतिनिधी सभा सदस्य दिलेन्द्रप्रसाद बडूले ब्लड क्यान्सर पिडीत बालक समीर बोहरालाई भेटेर स्वास्थ्य स्थितीको बारेमा जानकारी लिएका छन् ।

दार्चुलाको शैल्यशिखर नगरपालिका ४ रानीशिखरका ब्लड क्यान्सरबाट ग्रसित भइ काठमाडौंस्थित सिभिल अस्पतालमा उपचाररत ६ वर्षीय बोहरालाई भेटेर उनको स्वास्थ्यस्थिती तथा उपचारबारे पूर्वमन्त्री समेत रहेका बडूले जानकारी लिएका हुन् । 

मंगलबार (आज) सांसद बडूले सिभिल अस्पतालमा पुगेर उपचाररत बालकको परिवारको आर्थिक अवस्था कमजोर रहेकाले उपचारमा लाग्ने खर्चमा सहुलियत गर्न तथा उपचारमा कुनै पनि किसिमको लापरबाही नगर्न अस्पतालका निर्देशक डा. विधाननिधी पौडेलसमक्ष पहल गर्नुभएको बिरामीका आफन्त बिष्णुसिंह बोहराले बताए ।

समीरका बुवा रोजगारीको सिलसिलामा विदेश गएको ६ वर्ष बितिसक्दा समेत अझै फर्किएर आएका छैनन् । बुवा बेपत्ता हुदाँ लामो समयदेखि ब्लड क्यान्सरबाट ग्रसित बालकको उपचार खर्च धान्न परिवारलाई समस्या भइरहेको छ । हाल उनको काठमाडौंस्थित सिभिल अस्पतामा उपचार भइरहेको तथा परिवारको आर्थिक अवस्था कमजोर रहेकाले उनको उपचारका लागि परिवारद्धारा चन्दा संकलन समेत भइरहेको आफन्त बोहराले जानकारी दिए । 

यसैबिच ब्लड क्यान्सर पिडित बालकलाई भेट्न अस्पतालमै पुगेर बालकको उपचारका लागि अस्पताल प्रशासनसंग उपचार खर्चमा सहुलियत गर्न पहल  गरेको भन्दै  उपचाररत बालकका आफन्तले प्रतिनिधी सभा सदस्य बडूलाई धन्यवाद ज्ञापन गरेका छन् । 

प्रतिक्रिया