Wide Nepal News सोमबार २३, असार २०८२ ०५:०६

करेन्ट लागेर घाइते डिलासैनीका एक महिलालाई सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज रेफर

सम्बाददाता सम्बाददाता
सोमबार, भदौ १८, २०८०
करेन्ट लागेर घाइते डिलासैनीका एक महिलालाई सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज रेफर

बैतडीको डिलासैनी गाउँपालिकाका एक महिला करेन्ट लागेर घाइते भएका छन् । 

गाउँपालिकाको वडा नम्बर ६ बांगाबगरस्थित अमर नाथका ४४ वर्षीया श्रीमती कलावती नाथ बिजुलीको करेन्ट लागेर घाइते भएपछि उनलाई उपचारका लागि नेपालगञ्ज रेफर गरिएको हो । 

सोमबार  (आज) दिउँसो समयमा बांगाबगर पहिरो नजिक करेन्ट लागेर घाइते भएका नाथलाई आफन्तले उपचारका लागि गोकुलेश्वर अस्पताल पुर्याएका थिए । यद्यपी गोकुलेश्वर अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई सुर्खेतबाट आएको नेपाली सेनाको हेलीकप्टरमार्फत थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको पारीवारिक स्रोतले जनाएको छ । 

 

प्रतिक्रिया