Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०३:१६

प्राध्यापकलाई कुटपिट गर्ने गाउँपालिका अध्यक्ष पदका उम्मेदवार राना प्रहरी नियन्त्रणमा

Wide Nepal News
सोमबार, बैशाख २६, २०७९
बैतडीमा प्राध्यापकलाई कुटपिट गर्ने गाउँपालिका अध्यक्ष पदका उम्मेदवार पक्राउ परेका छन् । जिल्लाको डिलाशैनी गाउँपालिकामा सत्तारुढ गठबन्धनबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार एवं नेकपा माओवादी केन्द्रका नेता लोकेन्द्र राना (शितल) ले एक जना सह-प्राध्यापकमाथि कुटपीट गरेको आरोप लागेको छ । डिलाशैनी गाउँपालिका ५ बिनाबस्ती घर भई पुर्चौंडी बहुमुखी क्याम्पसमा कार्यरत सह प्राध्यापक रामदत्त जोशीमाथि अध्यक्षका उम्मेदवार लोकेन्द्र राना र उनका कार्यकर्ताले कुटपीट गरेको आरोप लागेको हो । स्वतन्त्र उम्मेदवारका पक्षमा प्रचार गरेको भन्दै राना र उनका कार्यकर्ताले आज कुटपीट गरेको स्थानीय दीपकराज जोशीले बताए । कुटपीटबाट रामदत्त जोशीको घुँडामा चोट लागेको बताइएको छ । उनको गोकुलेश्वर अस्पतालमा उपचार भईरहेको छ । कुटपीटमा संलग्न अध्यक्षका उम्मेदवार राना र घाइते पक्षबीच गोकुलेश्वर प्रहरीचौकीमा छलफल भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । उनले भने ‘घटनाका बिषयमा छलफल भईरहेको छ । घटना कसरी भयो भन्ने बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।’ दुवै पक्ष गोकुलेश्वर प्रहरी चौकीमा आएका र दुवै पक्षबीच छलफल भईरहेको गोकुलेश्वर प्रहरी चौकीले जनाएको छ ।

प्रतिक्रिया