Wide Nepal News बुधबार २६, बैशाख २०८१ ०६:०२

एसिया कप : आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै

सम्बाददाता सम्बाददाता
शनिबार, भदौ १६, २०८०
एसिया कप : आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै

पाकिस्तान र श्रीलंकामा जारी एसिया कपमा क्रिकेट प्रतियोगीतामा आज विश्व क्रिकेटका दुइ चिर प्रतिध्वन्दी भारत र पाकिस्तान विच प्रतिस्पर्धा हुदैछ। 

यो खेल श्रीलंकाको क्यान्डिस्थित पालेकेले अन्तराष्ट्रिय क्रिकेट रंगशालामा नेपाली समय अनुसार दिउसो सवा ३ बजे सुरु हुनेछ। एक खेल खेलिसकेको पाकिस्तान तालिकाको शिर्ष स्थानमा छ। पाकिस्तानले पहिलो खेलमा नेपाललाइ २ सय ३८ रनले हराएको हुदा भारत विरुद्ध जित निकाले पाकिस्तान सुपर फोरमा पुग्नेछ।

भारतको भने यो समुहको पहिलो खेल हो। केन्डीमा आज वर्षा हुने पूर्वानुमान गरिएकाले भारत र पाकिस्तान बीचको खेल प्रभावित हुनसक्ने देखिएको छ। हेड टु हेडका आधारमा भारत र पाकिस्तान विच १३ पटक भेट हुदा भारतले ७ पटक र पाकिस्तानले ५ पटक जित निकालेका छन्। एक खेल भने विना नतिजा रोकिएको थियो। समुह ए को भारतले दोस्रो खेलमा नेपालसंग सोमवार खेल्नेछ। 

प्रतिक्रिया