Wide Nepal News शुक्रबार ०४, जेठ २०८१ ०४:५०

दार्चुलाका प्रहरी प्रमुख पाण्डेयको सरुवा

प्रहरी प्रधान कार्यालय विशेष ब्युरो उपत्यका सेक्टर नक्साल काठमाडौबाट सिंह दार्चुला आउने
सम्बाददाता सम्बाददाता
शनिबार, भदौ १६, २०८०
दार्चुलाका प्रहरी प्रमुख पाण्डेयको सरुवा

नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षकहरुको सरुवा भएको छ । दार्चुलाका प्रहरी नायव उपरीक्षक (डिएसपी) तर्कराज पाण्डेयसहित १२० डीएसपीहरूको सरुवा भएको हो ।

दार्चुलाका प्रहरी प्रमुख डिएसपी पाण्डेयको काठमाडौ उपत्यका प्रहरी कार्यालय तालिम शाखा रानिपोखरी सरुवा भएको छ। उनले गत वर्ष भदौ महिनामा दार्चुला प्रहरी प्रमुखको कमाण्ड सम्हालेका थिए ।

उनको ठाउँमा नेपाल प्रहरी प्रधान कार्यालय विशेष ब्युरो उपत्यका सेक्टर नक्साल काठमाडौबाट शिव बहादुर सिंह आउने भएका छन् ।

भदौदेखिको तलव, भत्तासमेत हाल सरुवा भएको दरबन्दीवाट खान पाउने गरी डिएसपीहरुको  सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया