Wide Nepal News शुक्रबार ०४, जेठ २०८१ १२:५३

दार्चुलामा एक महिलाले गरिन मट्टीतेल छर्केर आत्मदाहको प्रयास

सम्बाददाता सम्बाददाता
आइतबार, भदौ १०, २०८०
दार्चुलामा एक महिलाले गरिन मट्टीतेल छर्केर आत्मदाहको प्रयास

दार्चुलामा एक महिलाले आइतबार शरीरमा मट्टीतेल छर्केर आत्मदाहको प्रयास गरेका छन । 

जिल्लाको शैल्यशिखर नगरपालिका वडा—५ तल्लो सेतकला बस्ने वर्ष ४५ कि कम्मान सिह साउँदकी श्रीमती सुना साउँदले विहान ११ बजेतिर आफनैँ शरिरमा मट्टीतेल छर्केर आत्मदहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम सुचना अधिकारी ज्ञानेन्द्र बहादुर सिहंले जानकारी दिनु भएको छ ।

 आइतबार विहान साउँदले घरमा कोही नभएको बेला शरिरमा मट्टीतेल हालेर आगो लगाएको र छिमेकीहरूले थाहा पाएपछि शरिरमा लागेको आगो निभाएर गोकुलेश्वरअस्पतालमा उपचारका लागि लगिएको उहाँले बताउनु भयो । घाइते साउदको घुडा भन्दा माथीको भाग जलेकाले अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

घाइते साउँदको गोकुलेश्वर  अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

प्रतिक्रिया