Wide Nepal News शनिबार ०८, मङि्सर २०८१ ०७:०४

अपिहिमालको क्षेत्तीमा शुर्मा सरोवर बिरे जात्रा आजदेखि सुरु

सम्बाददाता सम्बाददाता
बिहिबार, साउन ३२, २०८०
अपिहिमालको क्षेत्तीमा शुर्मा सरोवर बिरे जात्रा आजदेखि सुरु

दार्चुला र बझाङको सीमा क्षेत्रमा मनाइने शुर्मा सरोवर बिरे जात्रा बिहीबार (आजदेखि) सुरु भएको छ । जिल्लाको अपि हिमाल गाउँपालिका वडा नम्बर ३ स्थित घाजीरमा आजदेखि उक्त जात्रा सुरु भएको हो ।

जिल्लाको क्षेत्ती घाजीर गाउँमा मनाईने शुर्मा सरोवर बिरे जात्रा श्रावण आमावश्य देखि सुरु भई जनै पुर्णिमाको दिन समाप्त हुन्छ । तिर्थालुहरु बिषेश किसिमको पहिरन लगाएर बिरेहरुको अवतारमा नांगै खुट्टाले शुर्मा सरोवर तीर्थ दर्शन गरि आउने भएकोले यो धार्मिक मेलालाई बिरे जात्रा भन्ने गरिन्छ ।

जात्रामा सहभागी हुने श्रद्धालु भक्तजनहरूले जनैपूर्णिमा पूर्वको औंसीदेखि माछा, मासु, लसुन, प्याज नखाएर उपवास बसी चोखो निउतो भएर बस्नुपर्ने परम्परा रहेको छ । यस जात्रामा घाजिर र क्षेत्तिमा महिला, पुरुष, केटा, केटी सबैजसो मानिस सहभागी हुने गर्छन भने सुर्मासरोवर जात्रामा पुरुषहरूको मात्र सहभागीता रहन्छ । जो व्यक्तिलाई वीरे भनिन्छ । 

पहिलोचोटी घाजिर, क्षेत्तिबाट र अन्य ठाउँबाट सुर्मासरोवरसम्म जाने श्रद्धालु भक्तजनहरूलाई बालो वीरे भनिन्छ भने एक चोटी भन्दा बढी पटक सुर्मासरोवर जात्रामा सहभागी भै सकेकालाई बुढोवीरे भनिन्छ ।

घाजिरबाट सुरु भएको जात्रा क्षेत्ती हुँदै बझाङ जिल्लामा रहेको सुर्मा सरोवर स्नान गरेर पुनः क्षेत्ती हुँदै घाजिरमा सुर्माभवानी मन्दिरमा आएर पट्खेलोमा पुगेर समापन हुन्छ ।

विभिन्न समुदायमा पश्चिमा संस्कृति भित्रिरहेको अवस्थामा यहाँका मानिसहरूमा आफ्नो संस्कृति, भेषभूषा र प्राचिन परम्परागत फाग, मांगल एवं देउडा चाहप्रति यहाँ मानिसहरूबीच लोकप्रिय छ ।


प्रतिक्रिया