Wide Nepal News शनिबार २२, बैशाख २०८१ ०१:४६

गलैनाथ माविको भवन निर्माणका लागि भारतीय दुतावास र शैल्यशिखर नगरपालिकाबिच हस्ताक्षर

सम्बाददाता सम्बाददाता
शुक्रबार, साउन १९, २०८०
गलैनाथ माविको भवन निर्माणका लागि भारतीय दुतावास र शैल्यशिखर नगरपालिकाबिच हस्ताक्षर

काठमाडौ : दार्चुलाको शैल्यशिखर नगरपालिका र भारतीय दुतावासबिच विद्यालय भवन निर्माणका लागि सहमतीपत्रमा हस्ताक्षर गरिएको  छ ।

शुक्रबार (आज) नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आयोजित हस्ताक्षर समारोहमा नगरपालिकाको वडा नम्बर ८ स्थित गलैनाथ माद्यमिक विद्यालयको विद्यालय भवन निर्माणका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको रहोवरमा भारतीय दुतावासका तर्फबाट मुख्य सचिव करुण वंशल तथा शैल्यशिखर नगरपालिकाको तर्फबाट नगरप्रमुख विजयसिंह धामीले सहमती पत्रमा हस्ताक्षर गरिएको शैल्यशिखर नगरपालिकाले जनाएको छ ।

३ करोड ९४ लाख ८३ हजार ७ सय ६५ रुपैयाँ कूल लागतमा निर्माण गरिने उक्त विद्यालय भवनको ८० प्रतिशत आर्थिक जिम्मेवारी भारतीय दुतावासको तथा २० प्रतिशत आर्थिक व्ययभार शैल्यशिखर नगरपालिकाको रहने गरि सहमती पत्रमा हस्ताक्षर गरिएको शैल्यशिखर नगरपालिकाका नगरप्रमुख विजयसिंह धामीले जानकारी दिए । 

नगरपालिका भित्र रहेको सामुदायिक विद्यालयको भवन निर्माणका लागि भारतीय सरकारले सहयोग गरेको उल्लेख गर्दै नगरप्रमुख धामीले शैल्यशिखर नगरपालिकाको तर्फबाट भारत सरकारलाई धन्यवाद समेत ज्ञापन गरेका छन् । 

यसैबिच मन्त्रालयमा भारतीय दुतावासकै आर्थिक सहयोगमा दार्चुलाको व्यासँ गाउँपालिका ६ स्थित हिमालय माद्यमिक विद्यालयको भवन निर्माणका लागि समेत दुतावासका मुख्य सचिव वंशल तथा व्यास गाउँपालिकाका तर्फबाट गाउँपाालिका अध्यक्ष मंगलसिंह धामीबिच समेत सहमतीपत्रमा हस्ताक्षर गरिएको व्यासँ गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया