Wide Nepal News शनिबार २२, बैशाख २०८१ ०१:१३

सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस बन्यो गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज

सम्बाददाता सम्बाददाता
बुधबार, साउन १७, २०८०
सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस बन्यो गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज

बैतडीको डिलाशैनी गाउँपालिकास्थित गोकुलेश्वर कृषि तथा पशु विज्ञान क्याम्पस सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस बनेको छ ।

मङ्गलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सिनेट बैठकले गोकुलेश्वर कृषि क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक बनाउने निर्णय गरेको हो । 

यसैबिच डिलासैनी गाउँपालिकाको वडा नम्बर ५ मा रहेको गोकुलेश्वर तथा पशु विज्ञान कलेज सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बनेकोमा खुसी व्यक्त गर्दै क्याम्पस सञ्चालन समितिका पूर्व अध्यक्ष समेत रहेका डिलासैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले सहयोग गर्ने सबैलाई बधाइ एवम् धन्यवाद ज्ञापन गरेका छन् । 

क्याम्पसलाई आंगिक बनाउने निर्णय भएपछि अब सो क्याम्पस सरकारी क्याम्पसको रुपमा सञ्चालन हुनेछ ।

कलेज सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक भएको भन्दै नेपाली कांग्रेस डिलाशैनीका सभापती जयानन्द जोशीले एक विज्ञप्ती जारी गर्दै क्याम्पसलाई आङ्गिक बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद समेत व्यक्त गरेका छन् । 

गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बनाउनुपर्ने माग गर्दै केही महिना पहिला प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई ज्ञापन पत्र समेत बुझाइएको थियो । 

प्रतिक्रिया