Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०३:१७

सेनाको हेलिकप्टर मार्फत चिनको सिमानाका तिंकर पुगे प्रहरी

Wide Nepal News
मङ्गलबार, बैशाख २७, २०७९
दार्चुला : हिउँदमा सदरमुकाम खलंगा झरेको ब्याँस गाउँपालिका–१ तिंकरको प्रहरी चौकी गर्मीयाम सुरु भए संगै पुनः तिंकर सरेको छ । गर्मीयामको ६ महिना त्याहा बस्ने प्रहरी चौकी हिउँदेयाममा चिसो छल्न खलंगा झर्ने गर्दछ । तिंकरमा बाक्लो हिमपात भएपछि गत कार्तिकमा त्यहाको प्रहरी चौकी खलंगा झरेको थियो । यहि वैशाख ३० गते हुन गइरहेको स्थानिय तह निर्वाचनको सुरक्षा तथा सिमा सुरक्षा प्रहरी चौकी त्याहा सरेको दार्चुलाका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए । प्रहरी नायव निरिक्षक हर्क सिंह महताको कमाण्डमा ७ जनाको टोली नेपाली सेनाको हेलिकप्टर मार्फत तिंकर पुगेको उनले बताए । नेपाली भुमीबाट तिंकर सम्म पुग्ने बाटो नभएका कारण नेपाली सेना संगको समन्वयमा तिंकरको प्रहरी चौकीलाई आवश्यक हातहतियार, खाद्यान्न लगायत अन्य सामाग्री सहित ७ जना प्रहरीको टोली त्याहा खटिएको प्रहरी नायव उपरिक्षक विष्टले बताएका छन् ।

प्रतिक्रिया