Wide Nepal News शुक्रबार २१, बैशाख २०८१ ११:३१

दार्चुला र गोकुलेश्वर बहुमुखी क्याम्पसको प्रमुखमा उपप्राध्यापकद्धय अवस्थी र महरा नियुक्त

सम्बाददाता सम्बाददाता
सोमबार, साउन ०१, २०८०
दार्चुला र गोकुलेश्वर बहुमुखी क्याम्पसको प्रमुखमा उपप्राध्यापकद्धय अवस्थी र महरा नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयले केन्द्रीय क्याम्पस बाहेक आफ्ना मातहतका १५ वटा क्याम्पसमा क्याम्पस प्रमुखहरु फेरबदल गरेको छ । 

सुदूरपश्चिम विश्वविद्यालय संगठन र शैक्षिक प्रशासन निमावली २०६९ (संसोधनसहित) परिच्छेद-२८ नियम १६२ को व्यवस्था अनुसार विश्वविद्यालयले दार्चुलास्थित दार्चुला बहुमुखी क्याम्पस र गोकुलेश्वर बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुखहरुको फेरबदल गरेको हो ।

विश्वविद्यालयले साउन १ (आज) देखि लागु हुने गरि दार्चुला बहुमुखी क्याम्पस खलंगामा उपप्राध्यापक नरेन्द्रराज अवस्थीलाई क्याम्पस प्रमुखमा नियुक्त गरेको छ भने गोकुलेश्वर बहुमुखी क्याम्पस गोकुलेश्वरमा उपप्राध्यापक परमल महरालाई क्याम्पस प्रमुखमा नियुक्त गरेको सुदूरपश्चिम विश्वविद्यालय उपकुलपतिको कार्यालयले जनाएको छ । 

यसअघि सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पसमा कृष्णसिंह साउँद तथा गोकुलेश्वर बहुमुखी क्याम्पसमा प्रदीपकुमार जोशीले क्याम्पस प्रमुखको जिम्मेवारी सम्हाल्दै आइरहेका थिए । 

प्रतिक्रिया