Wide Nepal News शुक्रबार ०२, कार्तिक २०८१ ०२:३०

नरसिंह विष्ट हत्या प्रकरण : हत्यामा संलग्नलाई जन्मकैदको फैसला

सम्बाददाता सम्बाददाता
बिहिबार, असार २८, २०८०
नरसिंह विष्ट हत्या प्रकरण : हत्यामा संलग्नलाई जन्मकैदको फैसला

जिल्ला अदालत दार्चुलाले नरसिंह विष्टको हत्यामा संलग्न एक जनालाई जन्मकैदको फैसला सुनाएको छ ।

जिल्लाको व्यास गाउँपालिका वडा नम्बर ४ डोकटका विष्टको हत्यामा संलग्न भएको पुष्टि गर्दै सोमवार अदालतका न्यायाधीश खेमराज भट्टको एकल इजलासले व्यास–४ डोकटकै २५ वर्षीय दीपक विष्टलाई जन्मकैदको फैसला सुनाइएको अदालतका स्रेस्तेदार कौशलेश्वर ज्ञवालीले जानकारी दिनुभयो ।

यही घटनामा संलग्न रहेका अन्य चार जनालाई अदालतले भने सफाइ दिएको छ । सफाइ पाउनेमा व्यास–४ का पूर्व वडाध्यक्ष सग्रामसिंह विष्ट, झुनसिंह विष्ट, प्रेमसिंह विष्ट र मोहनसिंह विष्ट रहेका स्रेस्तेदार ज्ञवालीले बताउनुभयो ।

गत मङ्सिर ३ गते रातिदेखि बेपत्ता भएका नरसिंह विष्ट मङ्सिर ४ गते बेलुकी मृत अवस्थामा भेटिनुभएको थियो । उहाँको शरीरमा चोटपटक लागेको अवस्थामा स्थानीयले शव फेला परेका थिए ।

हत्याको आरोपमा दीपक विष्टलाई प्रहरीले गत मङ्सिर ११ गते पक्राउ गरेको थियो ।

प्रतिक्रिया