Wide Nepal News मङ्गलबार १८, बैशाख २०८१ ०१:२२

गोकुलेश्वरमा थपिदैँ कमर्सियल बैंक, राष्ट्रिय वाणिज्य बैंकद्धारा सेवा प्रारम्भ

सम्बाददाता सम्बाददाता
बुधबार, असार २७, २०८०
गोकुलेश्वरमा थपिदैँ कमर्सियल बैंक, राष्ट्रिय वाणिज्य बैंकद्धारा सेवा प्रारम्भ

दार्चुलाको दोस्रो ठुलो व्यापारीक केन्द्रका रुपमा रहेको गोकुलेश्वर बजारमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सेवा प्रारम्भ गरेको छ । 

गोकुलेश्वरमा बुधबार (आज) देखि बैंकले सेवाग्राहीका लागि बैंकिङ्ग सेवा प्रारम्भ गरेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड गोकुलेश्वर शाखाका शाखा प्रबन्धक कृष्णराम लुहारले जानकारी दिए । 

बैंकको गोकुलेश्वर शाखाको पहिलो खाताका रुपमा शैल्यशिखर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष प्रजापती पाण्डेयको बैंक खाता समेत खुलेको शाखा प्रबन्धक लुहारले बताए । 

राष्ट्रिय वाणीज्य बैंक लिमिटेड गोकुलेश्वर शाखाको शुभारम्भ समारोहमा शैल्यशिखर नगरपालिकाका प्रमुख विजयसिंह धामीसहित जनप्रतिनिधी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर बिष्ट, व्यावसायी तथा स्थानीयको उपस्थिती रहेको थियो । 

गोकुलेश्वरमा राष्ट्रिय वाणीज्य बैंक सञ्चालनमा आउदाँ आसपासका सेवाग्राहीले सेवा लिन टाढाटाढा जानुपर्ने बाध्यताको अन्त्य हुने अपेक्षा गरिएको छ । यससंगै गोकुलेश्वर क्षेत्रमा कमर्सियल तथा विकास बैंकको संख्या ६ पुगेको छ । 

प्रतिक्रिया