Wide Nepal News शुक्रबार ०२, कार्तिक २०८१ ०२:४०

सांसदले सिफारीस गरेका योजना दार्चुलामा नपरेको कांग्रेस प्रमुख सचेतक धामीको गुनासो

सम्बाददाता सम्बाददाता
मङ्गलबार, असार २६, २०८०
सांसदले सिफारीस गरेका योजना दार्चुलामा नपरेको कांग्रेस प्रमुख सचेतक धामीको गुनासो

सुदूरपश्चिम प्रदेशमा आजबाट बजेटमाथिको छलफल सुरु भएको छ । असार १ गते सरकारले ल्याएको बजेटमाथि आजबाट छलफल सुरु भएको हो ।
बजेटमाथिको छलफलका क्रममा कांग्रेस प्रमुख सचेतक विक्रमसिंह धामीले आफ्नो निर्वाचन क्षेत्र दार्चुलामा थुप्रै योजना परे पनि सांसदका योजनाहरू नपरेको गुनासो पोखेका हुन् ।

‘दार्चुला जिल्लामा पनि बजेट प्रशस्त गएको छ तर, सांसदले बोलेका कुराहरू हुन सकेको छैन । आगामी दिनमा यस्ता कुरा हुन नदिने वातावरण सृजना हुनुपर्छ’ उनले बजेट माथिको छलफलमा भनेका थिए ।

धामीले बजेट निर्माण प्रक्रियामा सांसदहरूको प्रत्यक्ष भूमिका हुनुपर्ने बताउनुभयो ।

‘सांसद प्रत्यक्ष भूमिकामा बजेट निर्माणको व्यवस्था भएको भए यो समस्याको अन्त्य हुने थियो ’ उहाले भन्नुभयो । नीति तथा कार्यक्रम उत्कृष्ट भएपनि बजेटमा गुनासो आएको धामीको भनाइ थियो ।

प्रतिक्रिया