Wide Nepal News शुक्रबार ०२, कार्तिक २०८१ ०२:२७

भोलि दार्चुलाको शैल्यशिखर र मालिकार्जुनमा स्थानीय बिदा

सम्बाददाता सम्बाददाता
शनिबार, असार १६, २०८०
भोलि दार्चुलाको शैल्यशिखर र मालिकार्जुनमा स्थानीय बिदा

आइतवार (भोलि) शिखर पुजन जात्राको अवसरमा दार्चुलाका दुई वटा स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । दार्चुलाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले सूचना निकालेर आइतवार असार १७ गते सार्वजनिक बिदा दिने जनाएका हुन ।

जिल्लाको प्रमुख धार्मिक पर्यटकीय स्थल मालिकार्जुन धाममा हरेक वर्ष असार शुक्ल चतुर्दशीका दिन मालिकार्जुन देवताको पुजन जात्रा लाग्ने गर्दछ । सोही जात्राको अवसरमा सार्वजनिक बिदा दिइएको पालिकाहरुले जनाएका छन् । 

सार्वजनिक बिदाका दिन पालिकाभरी रहेका सबै सरकारी कार्यालय बन्द रहने सूचनामा उल्लेख छ ।

Bida 11688179571.jpg

Bida1688179570.jpg

प्रतिक्रिया