बैतडीको दोगडाकेदार गाउँपालिकाले अगामी आर्थिक वर्षको लागी ५१ करोड ४४ लाख भन्दा बढीको बजेट ल्याएको छ । गाउँपालिकाले अगामी आर्थीक वर्ष २०८०÷८१ का लागि ५१ करोड ४४ लाख ४० हजार ४ सयको बजेट ल्याएको गाउँपालिकाका प्रवक्ता दिनेश भट्टले बताए ।
गाउँपालिका उपाध्यक्ष पावर्ती कार्कीले अगामी आर्थिक वर्षको बजेट गाउँसभामा पेश गर्नु भएको छ ।
गाउँपालिकाले पुराना कार्य्रकमलाई निरन्तरता दिएर शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेको गाउँपालिकाका प्रवक्ता भट्टले बताए ।
प्रतिक्रिया