Wide Nepal News शुक्रबार ०४, जेठ २०८१ ०२:१७

लेकम गाउँपालिकाले ल्यायो झण्डै ४९ करोडको बजेट, सडक प्राथमिकतामा

सम्बाददाता सम्बाददाता
सोमबार, असार ११, २०८०
लेकम गाउँपालिकाले ल्यायो झण्डै ४९ करोडको बजेट, सडक प्राथमिकतामा

दार्चुलाको लेकम गाउँपालिकाले अगामी आर्थिक वर्षको लागी ४८ करोड ९७ लाख भन्दा बढीको बजेट ल्याएको छ । गाउँपालिका उपाध्यक्ष माधवी जोशीले अगामी आर्थीक वर्ष २०८०/८१ का लागि ४८ करोड ९७ लाख ५७ हजार ४ सयको बजेट गाउँसभामा प्रस्तुत गर्नुभएको हो ।

गाउँपालिका अध्यक्ष रामदत्त जोशीको अध्यक्षतामा आयोजित गाउँसभामा उपाध्यक्ष माधवी जोशीले अगामी आर्थिक वर्षको बजेट गाउँसभामा पेश गर्नु भएको हो । उहाँका अनुसार लेकम गाउँपालिकाले सडक निर्माणलाई प्राथमिकतामा राखेको छ । सबै वडा र क्षेत्र समेटिने गरि बजेट तयार गरिएको उहाँले बताउनुभयो ।

यसैबीच दार्चुलाका लेकम, मार्मा, अपिहिमाल, मालिकार्जुन, महाकाली, नौगाड, व्याँस लगायत स्थानीय तहले बजेट गाउँसभामा प्रस्तुत गरिसकेका छन् । दुहुँ गाउँपालिकाले गत ७ गते नै बजेट पास गरेर सुत्रमा इन्ट्री गरिसकेको छ । आवश्यक तयारी नपुगेको भन्दै शैल्यशिखर नगरपालिकाको बजेट आउन बाकी छ । 

 

प्रतिक्रिया