Wide Nepal News मङ्गलबार १८, बैशाख २०८१ ००:०६

आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमाका लागि सुझाव संकलन

सम्बाददाता सम्बाददाता
आइतबार, असार ०३, २०८०
आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमाका लागि सुझाव संकलन

स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८०।८१ को वार्षिक नीति, कार्यक्रम तथा बजेट ल्याउने मिति नजिकीदैँ जादाँ दार्चुलाको शैल्यशिखर नगरपालिकाले सुझाव संकलन गरिरहेको छ । 

नगरपालिकाले आइतबार अत्न्तरक्रियाको आयोजना गर्दै आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमाको पुर्वसन्ध्यामा सरोकारवालासंग अन्तरक्रिया गरेको हो ।

शैल्यशिखर नगरपालिका योजना तथा अनुगमन शाखाको आयोजनामा आगामी आर्थिक वर्ष २०८०।८१ को नीति, कार्यक्रम तथा बजेट तर्जुमाका लागि सरोकारवालासंग सुझाव संकलन गरिएको शैल्यशिखर नगरपालिकाका प्रमुख विजयसिंह धामीले जानकारी दिए ।

चालु आर्थिक वर्ष २०७९।८० मा समेत सरोकारवालासंग सुझाव संकलन गरेरै नीति, कार्यक्रम तथा बजेट ल्याइएको स्मरण गर्दै नगरप्रमुख धामीले सोही अनूरुप कार्यान्वयनका लागि आफूहरुले प्रयास गरेको बताए । 

सुझाव संकलन कार्यक्रममा सहभागिहरुले गोकुलेश्वर बजारको फोहोरमैला व्यवस्थापन, चमेलिया नदीको संरक्षण, खानेपानीको व्यवस्थित रुपमा वितरण, शैक्षिक गुणस्तर सुधारका लागि पहल, चमेलिया नदीको किनारमा बस्दै आएका बादी बस्तीमा शौचालय र तटबन्ध निर्माण, बजार क्षेत्रमा सिसिटिभी क्यामेरा जडान गर्नुपर्ने लगायतका सुझाव राखेका थिए ।

शैल्यशिखर नगरपालिकाको सभाहलमा आयोजित सुझाव संकलन कार्यक्रममा शैल्यशिखर नगरपालिकाका नगरप्रमुख विजयसिंह धामी, नगर उपप्रमुख शान्ती खडायत लगायतका जनप्रतिनिधी, राजनितिक दलका प्रतिनिधी, नागरिक अगुवा, सुरक्षाकर्मी, पत्रकार, समाजसेवी, कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया