Wide Nepal News आइतबार २७, पुष २०८२ ०२:५४

डिलासैनीमा ३० जना मेलमिलापकर्तालाई दिइयो आधारभुत तालिम

बैतडीका जिल्ला न्यायधीश पनेरुले गराए सपथ
सम्बाददाता सम्बाददाता
शनिबार, असार ०२, २०८०
डिलासैनीमा ३० जना मेलमिलापकर्तालाई दिइयो आधारभुत तालिम

बैतडीको डिलासैनी गाउँपालिकाले गाउँपालिकास्थित सातवटै वडाका ३० जना मेलमिलापकर्तालाई मेलमिलाप सम्बन्धी आधारभुत तालिम दिएको छ । 

डिलासैनी गाउँपालिकाको आयोजना तथा प्राकृतिक स्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपालको सहजीकरणमा मेलमिलापकर्ताहरुलाई ४८ घण्टे आधारभुत तालिम दिइएको डिलासैनी गाउँपालिकाका कानुन अधिकृत कविन्द्र जोशीले जानकारी दिए । 

गाउँपालिका अन्तर्गतका सातवटै वडाका ३० जना मेलमिलापकर्ताका लागि आयोजित ४८ घण्टे आधारभुत तालिमको मेलमिलापकर्ताहरुलाई प्रमाणपत्रसहित सपथ ग्रहण गराएर सनिबार समापन गरिएको कानुन अधिकृत जोशीले बताए ।

डिलासैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकास जोशीको अध्यक्षता रहेको मेलमिलाप सम्बन्धी आधारभुत तालिमको समापन समारोहमा बैतडी जिल्लाका जिल्ला न्यायधीश जयानन्द पनेरुको प्रमुख आथित्यता रहेको थियो । 

प्रतिक्रिया