Wide Nepal News शुक्रबार ०४, जेठ २०८१ ०५:१४

शैैल्यशिखर नगरपालिकाको सहयोगमा गोकुलेश्वरमा आँखा उपचार केन्द्रको स्थापना

सम्बाददाता सम्बाददाता
शुक्रबार, असार ०१, २०८०
शैैल्यशिखर नगरपालिकाको सहयोगमा गोकुलेश्वरमा आँखा उपचार केन्द्रको स्थापना

दार्चुलाको दोस्रो ठूलो व्यापारिक केन्द्रका रुपमा रहेको गोकुलेश्वरमा आँखा उपचार केन्द्र स्थापना गरिएको छ ।

शैल्यशिखर नगरपालिकाको व्यवस्थापकीय सहयोग तथा नेत्र ज्योती संघद्धारा सञ्चालित गेटा आँखा अस्पताल धनगढी, कैलालीको प्राविधिक सहयोगमा शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वरमा आँखा उपचार केन्द्र स्थापना गरिएको हो ।

नेत्रज्योती संघका केन्द्रिय पदाधिकारी सहित शैल्यशिखरका नगर प्रमुख विजयसिंह धामी  उपप्रमुख शान्ती खडायतले शुक्रबार (आज) एक समारोहका बिच आँखा उपचार केन्द्रको उद्घाटन गर्नुभएको हो । 

यसैबिच आखाँ उपचार केन्द्रमा आजैदेखि आखाँ जाँच सेवा सुरु गरिएको छ । 

प्रतिक्रिया