Wide Nepal News मङ्गलबार १८, बैशाख २०८१ ००:२५

नेपाल बैंक लिमिटेड र गोकुलेश्वर बहुमुखी क्याम्पसबिच सम्झौता पत्र 'एमओयु' मा हस्ताक्षर

सम्बाददाता सम्बाददाता
शुक्रबार, असार ०१, २०८०
नेपाल बैंक लिमिटेड र गोकुलेश्वर बहुमुखी क्याम्पसबिच सम्झौता पत्र 'एमओयु' मा हस्ताक्षर

दार्चुलाको गोकुलेश्वरस्थित नेपाल बैंक लिमिटेड गोकुलेश्वर शाखा र गोकुलेश्वर बहुमुखी क्याम्पसबिच सेवाग्राही कर्जा सम्बन्धि सम्झौता पत्र 'एमओयु' मा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । 

बिहीबार आयोजित हस्ताक्षर कार्यक्रममा नेपाल बैंक लिमिटेडका तर्फबाट गोकुलेश्वर शाखाका शाखा प्रबन्धक रामचन्द्र जोशी र क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख प्रदीपकुमार जोशीले संयुक्त रुपमा सम्झौता पत्र 'एमओयु' मा हस्ताक्षर गरिएको नेपाल बैंक लिमिटेड गोकुलेश्वर शाखाका सहायक शाखा प्रबन्धक सुदिप नगरकोटीले जानकारी दिए । 

गोकुलेश्वर बहुमुखी क्याम्पसमा कार्यरत प्राध्यापक तथा कर्मचारीका लागि बैंकद्धारा सेवाग्राही कर्जा सम्बन्धि उद्धेश्यले दुबै पक्षबिच एमओयु सम्झौता गरिएको सहायक शाखा प्रबन्धक नगरकोटीले बताए । 

 

प्रतिक्रिया