Wide Nepal News शुक्रबार ०४, जेठ २०८१ ०४:५०

सुदूरपश्चिमको नीति तथा कार्यक्रममा गोकुलेश्वर अस्पताल: प्रादेशिक अस्पतालमा स्तरोन्नती गरिने

सम्बाददाता सम्बाददाता
बुधबार, जेठ २४, २०८०
सुदूरपश्चिमको नीति तथा कार्यक्रममा गोकुलेश्वर अस्पताल: प्रादेशिक अस्पतालमा स्तरोन्नती गरिने

सुदूरपश्चिम प्रदेश सरकारले दार्चुलाको गोकुलेश्वर अस्पताललाई  प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नती गर्ने भएको छ । बुधवार सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गोकुलेश्वर अस्पताललाई प्रादेशिक अस्पताल बनाउने बताएका हुन् ।

शैल्यशिखर नगरपालिका–९ स्थित स्थानीय तह मातहत रहेको गोकुलेश्वर. प्राथमिक अस्पताल अब प्रादेशिक अस्पतालका रुपमा विकास गरिने भएको हो । 

यस सँगै प्रदेश सरकारले डडेल्धुराको जोगबुढा अस्पताल, कैलालीको लम्कीचुहा र बाजुराको कोल्टी अस्पताललाई पनि प्रदेश स्तरीय अस्पताल बनाउने जनाएको छ । 

गोकुलेश्वर अस्पतालमा हाल ७० प्रतिशत भन्दा बढि सेवाग्राही छिमेकी स्थानीय तहहरुका रहेका छन् । शैल्यशिखर नगरपालिका मातहत रहेको अस्पतालमा सिमित स्रोत साधनका बिच अस्पताल सञ्चालनमा कठिनाई देखिएको निस्कर्ष सहित गत चैत्र २७ गते शैल्यशिखर नगरपालिकाले अन्तरपालिका समन्वय बैठक आह्वान गरेको थियो ।

सातवटा स्थानीय तहका जनप्रतिनिधी सहभागि उक्त अन्तरपालिका समन्वय बैठकले गोकुलेश्वर अस्पताललाई प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नती गर्न सुदूरपश्चिम प्रदेश सरकारलाई साझा रुपमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो । 

प्रतिक्रिया