Wide Nepal News बुधबार १२, बैशाख २०८१ १२:३८

शैल्यशिखरमा उपमेयरसंग दिदीबहिनी कार्यक्रम : उपमेयरद्धारा महिला सशक्तिकरणको प्रयास

सम्बाददाता सम्बाददाता
सोमबार, जेठ २२, २०८०
शैल्यशिखरमा उपमेयरसंग दिदीबहिनी कार्यक्रम : उपमेयरद्धारा महिला सशक्तिकरणको प्रयास

दार्चुलाको शैल्यशिखर नगरपालिकाले आयोजना गरेको उपमेयरसंग दिदीबहिनी कार्यक्रम सम्पन्न भएको छ । 

महिलाका हक अधिकारको सुनिश्चितता तथा महिला सशक्तिकरणका लागि नगरपालिकाका ९ वटै वडामा उपमेयरसंग दिदीबहिनी कार्यक्रम आयोजना गरिएको शैल्यशिखर नगरपालिकाले जनाएको छ ।

शैल्यशिखर नगरपालिकाका नगर उपप्रमुख (उपमेयर) शान्ती खडायतको अध्यक्षतामा गत बैशाख २७ गतेदेखि नगरपालिकाको वडा नम्बर १ बाट सुरुवात गरिएको उपमेयरसंग दिदीबहिनी कार्यक्रम सोमबार (आज) वडा नम्बर ९ मा सम्पन्न गरेर समापन गरिएको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर बिष्टले जानकारी दिनुभयो ।

स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार रहेको औल्याउदैं शैल्यशिखर नगरपालिकाका उपमेयर खडायतले यस कार्यक्रमका माद्यमद्धारा महिला दिदीबहिनीको सशक्तिकरणका साथै उनीहरुका समस्या र सुझाव संकलन गरि आगामी नीति तथा कार्यक्रम तर्जुमा गर्न कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । 

नगरपालिकाका ९ वटै वडामा आफू पगेर दिदीबहिनीहरुका समस्या तथा सुझाव संकलन गर्रिको तथा अबका दिनमा आफूले तिनको समाधानका लागि पहल गर्ने उनले बताउनुभयो । 

शैल्यशिखर नगरपालिकाका ९ वटै वडामा आयोजित उपमेयरसंग दिदीबहिनी कार्यक्रममा महिलाहरुको उत्साहपूर्ण सहभागिता रहेको बताउदैँ उपमेयर खडायतले कार्यक्रमका दौरान महिलाहरु स्थानीय सरकारका कामकार्यबाही प्रति सन्तुष्ट रहेको पाइएको तथा आगामी दिनमा थप जिम्मेवारीपूर्वक काम गर्न आफूलाई हौसला मिलेको उहाँको भनाइ रहेको छ । 

प्रतिक्रिया