Wide Nepal News शुक्रबार ०७, बैशाख २०८१ १०:३४

सुर्तीजन्य पदार्थ न्युनिकरणका लागि अन्तरक्रिया

सम्बाददाता सम्बाददाता
बिहिबार, जेठ १८, २०८०
सुर्तीजन्य पदार्थ न्युनिकरणका लागि अन्तरक्रिया

दार्चुलाको शैल्यशिखर नगरपालिकाले सुर्तीजन्य पदार्थ न्युनिकरणका लागि अन्तरक्रियाको आयोजना गरेको छ । 

मे ३१ अर्थात् विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवसका अवसरमा हामीलाई खाद्यान्न चाहिन्छ, सुर्तीजन्य पदार्थ हैन् भन्ने नारासहित एक कार्यक्रमका बिच शैल्यशखिर नगरपालिका अन्तर्गत स्वास्थ्य शाखाको आयोजनामा बुधबार अन्तरक्रियाको आयोजना गरिएको हो । 

शैल्यशिखर नगरपालिकाका नगरप्रमुख विजयसिंह धामीको अध्यक्षतामा सुर्तीजन्य पदार्थ न्युनिकरण सम्बन्धि सरोकारवालाहरुसंग भएको अन्तरक्रियामा नगर कार्यपालिकाका सदस्य, पत्रकार, सुरक्षाकर्मी व्यावसायी लगायतको सहभागिता रहेको शैल्यशिखर नगरपालिका स्वास्थ्य शाखाका प्रमुख शिवदत्त जोशीे बताए । 

अन्तरक्रियामा गोकुलेश्वर सहित आसपासका क्षेत्रमा सुर्तीजन्य पदार्थको विक्रीवितरणमा नियमन गर्न पहल गर्ने लगायतका विषयमा छलफल भएको श्वास्थ्य शाखा प्रमुख जोशीले बताए । 

प्रतिक्रिया