Wide Nepal News शुक्रबार १६, चैत २०८० ११:२८

चर्मण्यावती साहित्य सम्मेलन तथा नेपाल-भारत काव्य गोष्ठी सम्पन्न, ११ बुदेँ घोषणापत्र जारी

सम्बाददाता सम्बाददाता
मङ्गलबार, जेठ १६, २०८०
चर्मण्यावती साहित्य सम्मेलन तथा नेपाल-भारत काव्य गोष्ठी सम्पन्न, ११ बुदेँ घोषणापत्र जारी

स्थानीय लोक संस्कृतीको संरक्षण गर्ने उद्देश्यले बैतडीको डिलाशैनी गाउँपालिकास्थित गोकुलेश्वरमा आयोजित चर्मण्यावती साहित्य सम्मेलत तथा नेपाल-भारत काव्य गोष्ठी ११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । 

मंगलबार डिलाशैनी गाउँपालिका अध्यक्ष सन्तोष प्रकास जोशी र राष्ट्रियता संरक्षण अभियानका अभियान्ना हेमबाबु लेखकद्वारा संयुक्त हस्ताक्षरित घोषणापत्र जारी गर्दै कार्यक्रम सम्पन्न भएको राष्ट्रियता संरक्षण अभियानका अभियान्ता महेस प्रसाद भट्टले बताउनुभयो । सम्मेलन सोमबारबाट सुरु भएको थियो । 

कार्यक्रममा उपस्थित नेपाल भारतका कवी तथा साहित्यकारहरुले मानसखण्ड क्षेत्रको लोक संस्कृति जगेर्नाका लागि सबैले आ-आफ्नो क्षेत्रबाट भुमिका खेल्नुपर्ने धारणा राखेका थिए । भारतका साहित्यकार तथा लेखक एवं नसामुक्त अभियानका अभियान्ता डा.पिताम्बर अवस्थीले यस क्षेत्रका पुराना न्वाला, कुवा, पँधेरा एवं पहिरनहरुको संरक्षण समेत गर्नुपर्ने धारणा राखेका थिए । पछिल्लो समय युवाहरुमा देखिएको दुर्वेसानीलाई नियन्त्रण गरि सक्षम एवं साँस्कारिक युवाहरु बनाउन वर्तमान समाजको आवश्यकता भएको उहाँले बताउनुभयो । 

कार्यक्रमको उद्घाटन सोमबार सुदूरपश्चिमका निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिंह रावलले गर्नुभएको थियो ।  ११ बुँदे घोषणापत्र जारी गर्दै डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोष प्रकास जोशीले चर्मण्यावती (चमेलीया) सभ्याताको अध्ययन एवं प्रचारप्रसारका लागि डिलाशैनी गाउँपालिकाले भुमिका खेल्ने बताउनुभयो । साथै उहाँले नदी किनाराका अन्य स्थानीय सरकारहरुसंग पनि यसका बारेमा छलफल गर्ने बताउनुभयो । 

यस्तो छ ११ बुँदे घोषणापत्र 




 

सहभागीहरुले आज बिहान सुर्योदयसंगै चर्मण्यावती नदीमा स्नान गर्दै विभिन्न विधाका कविता, गित, गजल तथा स्थानीय लोकसंस्कृति झल्किने प्रस्तुतीहरु गरेका थिए ।  

प्रतिक्रिया