Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०३:१३

दार्चुलासहित सुदूरपश्चिमका पहाडी जिल्लामा भुकम्पको धक्का महसुस

Wide Nepal News
बुधबार, बैशाख २८, २०७९
दार्चुला सहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । स्थानीय समयअनुसार १० बजेर १८ मिनेटमा सुदूरपश्चिमका दार्चुला , बैतडी र डडेल्धुरामा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । दार्चुलाबाट ३० किलोमिटर टाढा भारतमा केन्द्र बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ । भुकम्पबाट अहिले सम्म क्षति भएको विवरण नआएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया