Wide Nepal News बिहिबार ०६, बैशाख २०८१ ०६:४२

शैल्यशिखर नगरपालिकाद्धारा मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श अभिमुखीकरणको आयोजना

सम्बाददाता सम्बाददाता
आइतबार, जेठ १४, २०८०
शैल्यशिखर नगरपालिकाद्धारा मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श अभिमुखीकरणको आयोजना

दार्चुलाको शैल्यशिखर नगरपालिकाले मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । 

शैल्यशिखर नगरपालिकाको आयोजना तथा असल शासन क्लब जिल्ला समन्वय समिति, दार्चुलाको सहजीकरणमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श सम्बन्धि दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो । 

शैल्यशिखर नगरपालिका अन्तर्गतका माध्यमिक तह संचालित विद्यालयका शिक्षक तथा विभिन्न स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीसहित ३३ जनाको सहभागिता रहेको अभिमुखीकरणमा मानसिक स्वास्थ्य सम्बन्धि डा.पूजा बमले प्रशिक्षण दिएका थिए । यस्तै मनोसामाजिक परामर्श सम्बन्धि मनोसामाजिक परामर्शदाता पुनम बस्नेत तथा मनोसामाजिक परामर्शको जनस्वास्थ्य महत्व सम्बन्धि पूर्व जनस्वास्थ्यकर्मी एवम् डिलासैनी गाउँपालिका, बैतडीका अध्यक्ष सन्तोषप्रकाश जोशीद्धारा प्रशिक्षण गरिएको शैल्यशिखर नगरपालिकाले जनाएको छ । 
 
अभिमुखिकरण पश्चात् सहभागिहरुले समुदायमा मानसिक स्वास्थ्यको वर्तमान अवस्था र मनोसामाजिक परामर्शको आवस्यकताका बारेमा थप अध्ययन, चासो, चिन्ता, बहस र काम गर्नुपर्ने जिम्मेवारी थपिएको महसुस भएको बताए । 

प्रतिक्रिया