Wide Nepal News बुधबार १२, बैशाख २०८१ ०७:४३

सेटिगाउँमा जलवायु परिवर्तन सम्बन्धि २ दिने कार्यशाला गोष्ठि

सम्बाददाता सम्बाददाता
आइतबार, जेठ १४, २०८०
सेटिगाउँमा जलवायु परिवर्तन सम्बन्धि २ दिने कार्यशाला गोष्ठि

बैतडीको डिलासैनी गाउँपालिकास्थित सेटिगाउँ बहुमुखी क्याम्पसमा जलवायु परिवर्तन सम्बन्धि २ दिने कार्यशाला गोष्ठि सम्पन्न भएको छ । 

सेटिगाउँ बहुमुखी क्याम्पसको आयोजना, जलवायुृ परिवर्तनका लागि नेपाली युवा बैतडी र स्वतन्त्र विद्यार्थी युनियन सेटिगाउँको सहकार्य तथा डिलासैनी गाउँपालिकाको आर्थिक सहयोगमा जलवायु परिवर्तन सम्बन्धि दुई दिने कार्यशाला गोष्ठि आयोजना गरिएको सेटिगाउँ बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रप्रसाद जोशीले जानकारी दिए ।

गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजको सभाहलमा आयोजित कार्यशाला गोष्ठिमा जलवायु परिवर्तन सम्बन्धि राज्यका नीति तथा योजनाअनुसार कामहरु गर्नुपर्ने लगायतका विविध विषयमा सहभागिहरुबिच छलफल गरिएको क्याम्पस प्रमुख जोशीले बताए । 

प्रतिक्रिया