Wide Nepal News शुक्रबार ०४, जेठ २०८१ ०४:५०

नागरिक अभिनन्दनका लागि पूर्वराजा ज्ञानेन्द्र शाह धनगढीमा

सम्बाददाता सम्बाददाता
सोमबार, जेठ ०८, २०८०
नागरिक अभिनन्दनका लागि पूर्वराजा ज्ञानेन्द्र शाह धनगढीमा

धनगढीमा आज पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दन हुने भएको छ।

आइतबार नागरिक अभिनन्दनका लागि पूर्वराजा शाहको परिवार धनगढी पुगेको हो। 

पूर्वयुवराज पारस शाह र कोमलबाहेक राजपरिवारका सबै सदस्य धनगढी आइपुगेका छन्।

पूर्वराजाको नागरिक अभिनन्दनका लागि १ हजार १ सदस्यीय नागरिक अभिनन्दन मूल समारोह समिति गठन भएको आयोजकले जनाएको छ।

धनगढीको रंगशालामा आज ३ बजेदेखि नागरिक अभिनन्दन गरिने समितिका संयोजक जयन्त चन्दले जानकारी दिए।

यसअघि जेठ ६ गते हुने भनिएको पूर्वराजाको नागरिक अभिनन्दन कार्यक्रम थियो। नेपाल बन्द हुने चर्चाका कारण सोमबारका लागि सारीएको आयोजकले जनाएको छ।

प्रतिक्रिया