Wide Nepal News शुक्रबार १४, बैशाख २०८१ ०९:३७

गोकुलेश्वरमा जेठ २ देखि विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुने, पाठेघर खसेका महिलाको नि:शुल्क शल्यक्रिया

सम्बाददाता सम्बाददाता
आइतबार, बैशाख ३१, २०८०
गोकुलेश्वरमा जेठ २ देखि विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुने, पाठेघर खसेका महिलाको नि:शुल्क शल्यक्रिया

दार्चुलाको शैल्यशिखर नगरपालिका ९ स्थित गोकुलेश्वर अस्पतालमा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । 

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, दिपायल डोटीको आयोजनामा आगामी जेठ २ गतेदेखि ८ गतेसम्म पाठेघर खसेका महिलाहरुका लागि नि:शुल्क सल्यक्रिया शिविर सञ्चालन गरिन लागिएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिए ।

जिल्लाको गोकुलेश्वर अस्पतालमा १ हप्तासम्म सञ्चालन हुने स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सकद्धारा पाठेघर खसेका महिलाहरुको नि:शुल्क सल्यक्रिया गरिने हुँदा सोसम्बन्धि समस्या भएका सबै महिलालाई लाभ लिन स्वास्थ्य कार्यालय दार्चुलो आग्रह गरेको छ । 

प्रतिक्रिया