Wide Nepal News शुक्रबार १४, बैशाख २०८१ ११:४२

सुदूरपश्चिमका मुख्यमन्त्री शाह भोलि दार्चुलाको गोकुलेश्वर आउने

सम्बाददाता सम्बाददाता
बिहिबार, बैशाख ०७, २०८०
सुदूरपश्चिमका मुख्यमन्त्री शाह भोलि दार्चुलाको गोकुलेश्वर आउने

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह बैशाख ८ गते (भोलि) दार्चुला आउने भएका छन् ।

जिल्लाका विभिन्न स्थानहरुको अनुगमन, उद्घाटन तथा जिल्लास्थित जनप्रतिनिधि र सुरक्षा अधिकारीहरुसित अन्तरक्रिया गर्न मुख्यमन्त्री शाह पहिलोपटक दार्चुला आउन लागेका हुन् ।

प्रदेश राजधानी धनगडीबाट आज बिहान बैतडीतर्फ लागेका उनी बैतडीका विभिन्न कार्यक्रममा सहभागि हुने तथा बैसाख ८ र ९ गते दुई दिनका लागि दार्चुला आउने कार्यक्रम रहेको मुख्यमन्त्री शाहको सचिवालयले जनाएको छ । 

शाह भोलि गोकुलेश्वर आइपुग्ने तथा सनिबार बिहान गोकुलेश्वरस्थित ओमशान्ती वृद्धाश्रम र सहिद रामचन्द्र हमाल स्मृति प्रतिष्ठानको उद्घाटन गरि जिल्ला सदरमुकाम खलंगातर्फ जाने कार्यक्रम रहेको बताइएको छ । 

मुख्यमन्त्री शाहसंगै सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्यद्धय विक्रमसिंह धामी, शिवराज भट्ट लगायतको उपस्थिती रहने कार्यक्रम रहेको छ । 

यस्तो छ मुख्यमन्त्री शाहको दार्चुला भ्रमणको समयतालिका

प्रतिक्रिया