Wide Nepal News शुक्रबार १४, बैशाख २०८१ ०६:४८

अत्याधुनिक प्रशासकीय भवन बनाउँदै शैल्यशिखर, भवन निर्माणका लागि टेण्डर आह्वान

सम्बाददाता सम्बाददाता
शुक्रबार, बैशाख ०१, २०८०
अत्याधुनिक प्रशासकीय भवन बनाउँदै शैल्यशिखर, भवन निर्माणका लागि टेण्डर आह्वान

दार्चुलाको शैल्यशिखर नगरपालिकाले नगर कार्यपालिकाको प्रशासकीय भवन निर्माण कार्यका लागि बोलपत्र (टेण्डर) आह्वान गरेकोे छ ।

नगरपालिकाले शुक्रबार (आज) एक सूचना जारि गर्दै प्रशासकीय भवन निर्माणका लागि टेण्डर आह्वान गरेको हो । 

स्थानीय पुर्वाधार विभाग र शैल्यशिखर नगरपालिकाको साझेदारीमा नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि एक महिने सूचना जारि गर्दै ठेक्का प्रक्रिया सुरु गरिएको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर बिष्टले जानकारी दिएका छन् । 

विगत लामो समयदेखि नगरपालिकासित प्रशासकीय भवन नहुदाँ साविकको गोकुलेश्वर गाउँ विकास समितीको भवनबाट सेवा प्रवाह हुदेँ आएपनि पर्याप्त ठाउँ नहुदाँ कार्यालय सञ्चालनमा समस्या आएको उल्लेख गर्दै अब नगरपालिकाको आफ्नै भवनबाट सेवा प्रवाह गर्ने गरि सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण कार्य सम्पन्न गरि सेवा प्रवाह गरिने प्रमुख प्रशासकीय अधिकृत बिष्टले बताए । 

नयाँ निर्माण गरिने प्रशासकीय भवनको डिपिआर अनुसार भवन चारतल्लाको बन्ने, जसमा नगरपालिकाका सम्पूर्ण शाखाहरु र मिटीङ्ग हल रहने, लिफ्ट र गाडी पार्किङ्गको व्यवस्था रहेको तथा उक्त भवन अपाङ्गमैत्री हुने नगरपालिकाले जनाएको छ । 

दुई वर्षमा निर्माण कार्य सम्पन्न गरि सक्नुपर्ने उक्त प्रशासकीय भवनको कूल लागत ११ करोड ९४ लाख रहेको तथा निर्माण कम्पनीहरुले पेश गरेका प्रस्तावमध्ये मुल्यांकनका आधारमा कम्पनी छनोट गरिने शैल्यशिखर नगरपालिकाका ईञ्जिनियर सन्तोष पाण्डेयले बताए । 

यसैबिच शैल्यशिखर नगरपालिकाका तत्कालिन स्थानीय सरकारले कार्यालय सञ्चालनमा समस्या भएको उल्लेख गर्दै गोकुलेश्वरस्थित एक स्थानीयको निजी घरमा सरेर  कार्यालय सञ्चालन गर्दै आएकामा हालका नगरप्रमुख विजयसिंह धामीले अघिल्लो स्थानीय सरकारको निर्णय उल्ट्याउदैँ साविकको गोकुलेश्वर गाउँ विकास समितीकै भवनबाट कार्यालय पुन:सञ्चालन गरेका थिए भने चाडैँ नगरपालिकाको प्रशासकीय भवन निर्माण गरिने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । 

प्रतिक्रिया