Wide Nepal News बुधबार १२, बैशाख २०८१ ००:२२

दार्चुलामा एमालेको मिसन ग्रासरुट अभियान सम्पन्न

सम्बाददाता सम्बाददाता
शुक्रबार, बैशाख ०१, २०८०
दार्चुलामा एमालेको मिसन ग्रासरुट अभियान सम्पन्न

दार्चुलामा नेकपा एमालेको दुई महिने अभियान मिसन ग्रासरुट सम्पन्न भएको छ।

केन्द्रीय कार्यक्रम अन्तर्गतको दुई महिने अभियान दार्चुलाको उत्तरी हिमाली क्षेत्रको ब्यास गाउपालिकाको सामरिक महत्वको वडा –१ छाङरु र तिंकर क्षेत्रमा कठिन बाटोको कारण लिपुलेक क्षेत्र नपुगे पनि प्रस्थान बिन्दुमा पुगेर सम्पन्न भएको छ। भौगोलिक र सामरिक हिसाबले अत्यन्तै महत्वपूर्ण क्षेत्र भारत र चीन सँग सिमाना जोडिएको क्षेत्र कालापानी, लिपुलेक र लिम्पियाधुराको काखमा पर्दछ।

नेकपा एमालेको मिसन ग्रासरुट अभियानलाई सो सामरिक तथा भूराजनीतिक हिसाबले महत्वपूर्ण रहेको छाङरु र तिंकर क्षेत्रमा पुर्याउन नेकपा एमालेका केन्द्रीय नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र मानिएका युवा नेता ऐन महरलाई अभियानको कमाण्डर तोकेको थियो। पार्टीको केन्द्रीय प्रतिनिधिको रुपमा खटिएका केन्द्रीय प्रतिनिधि ऐन महर भने नेपालको बाटो भएर कालापानी लिपुलेक क्षेत्रमा मिसन ग्रासरुटको अभियान टोलि लिएर पटकपटक जाने प्रयास गरे पनि भौगोलिक प्रतिकुलताका कारण जान सकेनन्।

दुई हप्ता पहिले अबरुद्ध बनेको ब्यासको तम्बाकुको भीरमा रहेको घोरेटो बाटो अहिले सम्म मर्मत हुन नसक्दा नेकपा एमालेको मिसन ग्रासरुट अभियान समेत ब्याँस गाउँपालिकाको सदरमुकाम सुन्सेरा भन्दा माथी जान कठिन भएको एमाले जिल्ला नेताहरुले बताए।
 

प्रतिक्रिया