Wide Nepal News शनिबार ०८, बैशाख २०८१ ०१:२६

दार्चुला र बैतडीका ७ स्थानीय तहको सहभागितामा गोकुलेश्वरमा अन्तरपालिका समन्वय बैठक सम्पन्न

सम्बाददाता सम्बाददाता
आइतबार, चैत २६, २०७९
दार्चुला र बैतडीका ७ स्थानीय तहको सहभागितामा गोकुलेश्वरमा अन्तरपालिका समन्वय बैठक सम्पन्न

दार्चुला र बैतडीका ७ वटा स्थानीय तहको सहभागितामा गोेकुलेश्वरमा अन्तरपालिका समन्वय बैठक सम्पन्न भएको छ ।

छिमेकी स्थानीय तहहरु सित आवस्यक सहकार्य तथा समन्वयका माद्यमबाट साझा धारणा निर्माण गनें उद्धेश्यले शैल्यशिखर नगरपालिकाको आयोजनामा आइतबार नगरपालिकाको केन्द गोकुलेश्वरमा अन्तरपालिका समन्वय बैठक आयोजना गरिएकोह हो ।

अन्तरपालिका समन्वय बैठकमा शैल्यशिखर नगरपालिका सहित जिल्लाका नौगाड गाउँपालिका, मार्मा गाउँपालिका, अपिहिमाल गाउँपालिका, मालिकार्जुन गाउँपालिका, लेकम गाउँपालिका र छिमेकी जिल्ला बैतडीको डिलासैनी गाउँपालिकाका जनप्रतिनिधीहरुको सहभागिता रहेको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर बिष्टले जानकारी दिए ।

समन्वय बैठकमा बिषेस गरि छिमेकी स्थानीय तहहरुसित आगामी दिनमा गर्नुपर्ने सहकार्य र समन्वयका विषयमा केन्द्रित रहेर साझा सरोकारका विषयलाई सम्बोधन गर्ने उद्धेश्यले बैठकको आयोजना गरिएको शैल्यशिखर नगरपालिकाले जनाएको छ । ।

बैठकमा स्थानीय तहहरुमा भूमी वर्गिकरण सम्बन्धि समस्या समाधान, शैल्यशिखर नगरपालिका मातहतको यस क्षेत्रको ठूलो अस्पतालका रुपमा रहेको गोकुलेश्वर अस्पतालको स्तरोन्नती गर्न सबै स्थानीय तह मिलेर प्रदेश तथा संघीय सरकारसित पहल गर्ने, अपिहिमाल गाउँपालिकामा पर्यटन प्रबद्र्धन गर्न सहकार्य गर्नुपर्ने, चमेलिया नदीलाई चौलानी सभ्यताका रुपमा विकास गर्नुपर्ने, मालिकार्जुन लगायतका स्थानलाई धार्मिक पर्यटनका रुपमा विकास गर्ने, लागूऔषध नियन्त्रण,  फोहोर व्यवस्थापन लगायतका विषयमाथि छलफल गरि सर्वसम्मत अनुमोदन गरिएको प्रमुख प्रशासकीय अधिकृत बिष्टले बताए ।

गोकुलेश्वरस्थित होटल अपि नाम्पाको हलमा आयोजित अन्तरपालिका समन्वय बैठकमा शैल्यशिखर नगरपालिकाका प्रमुख विजयसिंह धामी, लेकम गाउँपालिकाका अध्यक्ष रामदत्त जोशी, डिलासैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीको सहभागिता रहेको थियो ।

यस्तै बैठकमा  अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे, मालिकार्जुन गाउँपालिकाका उपाध्यक्ष कल्याणसिंह धामी, नौगाड गाउँपालिकाका उपाध्यक्ष जगत ठगुन्ना, अपिहिमाल गाउँपालिकाका उपाध्यक्ष देबकी बोहरा, विभिन्न स्थानीय तहका वडाध्यक्ष, मार्मा गाउँपालिकाका प्राबिधिक विक्रम जोशी लगायत कर्मचारी, पत्रकार, लगायत सरोकारवालाहरुको सहभागिता रहेको तथा उक्त बैठकमा बैतडीको दोगडाकेदार गाउँपालिकालाई पनि निमन्त्रणा गरिएपनि विविध कारणवस् सहभागि हुन् नसकेको बताइएको छ ।  

प्रतिक्रिया