Wide Nepal News सोमबार २३, असार २०८२ ०५:३०

स्वास्थ्य कार्यालय बैतडीद्धारा आयोजित अन्तरपालिकास्तरीय समिक्षा गोष्ठी सम्पन्न

सम्बाददाता सम्बाददाता
आइतबार, चैत १९, २०७९
स्वास्थ्य कार्यालय बैतडीद्धारा आयोजित अन्तरपालिकास्तरीय समिक्षा गोष्ठी सम्पन्न

स्वास्थ्य कार्यालय बैतडीको आयोजनामा गोकुलेश्वरमा आयोजित २ दिने अन्तरपालिकास्तरीय समिक्षा गोष्ठि सम्पन्न भएको छ । 

स्वास्थ्य कार्यालय बैतडीको आयोजना एवम् जिल्लाका १० वटै स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाका प्रमुखहरुको सहभागितामा चालू आर्थिक वर्ष २०७९।८० को अर्धवार्षिक समिक्षा समिक्षा सम्पन्न भएको हो । 

बैतडीमा स्वास्थ्य संस्थाको सेवा प्रवाहको अवस्थाको जानकारी लिने, स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरुलाई समाधानका उपायहरुको खोजि गर्ने गुणस्तर सुधारका लागि आवस्यक आगामी रणनीति निर्माण गर्ने उद्धेश्यले अर्धवार्षिक समिक्षा गोष्ठिको आयोजना गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश भट्टले जानकारी दिए । 

जिल्लाको डिलासैनी गाउँपालिकामा समिक्षात्मक गोष्ठिका माद्यमबाट आयोजित जिल्लाका १० वटै स्थानीय तहका स्वास्थ्य संस्थाका प्रमुखहरुको उपस्थितीमा सम्बन्धित तहमा स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरु पहिचान गरि समाधान खोजिने प्रमुख भट्टले बताए । 

प्रतिक्रिया