Wide Nepal News बिहिबार ०६, बैशाख २०८१ १२:३६

डिलासैनीमा छाउपडी तथा महिनावारी स्वच्छता व्यवस्थापनबारे अन्तरक्रिया

सम्बाददाता सम्बाददाता
शुक्रबार, चैत १७, २०७९
डिलासैनीमा छाउपडी तथा महिनावारी स्वच्छता व्यवस्थापनबारे अन्तरक्रिया

बैतडीको डिलासैनी गाउँपालिकाले छाउपडी तथा महिनावारी स्वच्छता व्यवस्थापनबारे सरोकारवालासित अन्तरक्रिया गरेको छ । 

महालक्ष्मी विकास बैंकको आर्थिक सहयोग, एक्सन वक्स नेपालसंगको सहकार्य तथा डिलासैनी गाउँपालिकाको आयोजनामा शुक्रबार छाउपडी प्रथा उन्मुलन तथा महिनावारी  स्वच्छता व्यवस्थापन सम्बन्धि सरोकारवालासंग अन्तरक्रिया गरिएको डिलासैनी गाउँपालिकाका जनस्वास्थ्य अधिकृत गणेश बहादुर खातीले जानकारी दिए । 

डिलासैनी गाउँपालिकामा छाउपडी प्रथाको न्युनिकरण तथा व्यवस्थित र मर्यादित महिनावारी सम्बन्धि सचेतना जगाउने र महिनावारीका विषयमा समुदायस्तरमा विद्यमान रहेका कुप्रथाको न्युनिकरणका लागि आगामी रणनीति निर्माण गर्ने उद्धेश्यले अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरिएको जनस्वास्थ्य अधिकृत खातीले बताए ।

कार्यक्रममा डिलासैनी गाउँपालिकाका अध्यक्ष सन्तोेषप्रकाश जोशी, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशसिंह बोहरा, विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी, पत्रकार एवम् सरोकारवालाहरुको सहभागिता रहेको बताइएको छ । 

प्रतिक्रिया