Wide Nepal News शुक्रबार १६, चैत २०८० ०२:४९

कृषि सहकारीद्धारा किसानलाई कृषि सामग्री वितरण

डिलासैनी ५ का ७५ परिवार लाभान्वित
सम्बाददाता सम्बाददाता
बिहिबार, चैत १६, २०७९
कृषि सहकारीद्धारा किसानलाई कृषि सामग्री वितरण

बैतडीको डिलासैनी गाउँपालिका ५ का कृषकहरुलाई कृषि सामग्री वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत् कृषि ज्ञान केन्द्र बैतडीको सहयोगमा कृषि सामग्री वितरण गरिएको हो । 

वडा नम्बर ५ स्थित नागिनमा रहेको कफलासैनी बेतालेश्वर कृषि सहकारी लिमिटेडको आयोजनामा बिहीबार एक कार्यक्रमका बिच ७५ घरधुरी लाभान्वित हुने गरि ७ वटा मिनिटेलर, ३ वटा स्प्रे पम्प र २० वटा पोलिहाउस तथा तरकारीका बिउविजन वितरण गरिएको  कफलासैनी बेतालेश्वर कृषि सहकारी लिमिटेडका अध्यक्ष मानप्रसाद जोशीले जानकारी दिए । 

कृषिमा आधुनिकरण शैली अपनाएर कृषकहरुलाई व्यावसायिक र आत्मनिर्भर बनाउने उद्धेश्यले कृषि ज्ञान केन्द्र बैतडीको ५ लाख ९९ हजार ८ सया ९० रुपंैया अनुदान तथा कृषि सहकारी अन्तर्गतको सेटिगाडा तरकारी ब्लक सञ्चालक समन्वय समितीको ५ लाख २६ हजार ८ सय ९० गरि कूल ११ लाख २६ हजार ७ सय ८० रुपैंयाको लगानीमा कृषि सामग्री वितरण गरिएको अध्यक्ष जोशीले बताए ।

कफलासैनी बेतालेश्वर कृषि सहकारी लिमिटेडका अध्यक्ष जोशीको अध्यक्षता रहेको कृषि सामग्री वितरण कार्यक्रममा डिलासैनी गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशी प्रमुख अथिति तथा गाउँपालिका प्रवक्ता एवम् वडा नम्बर ५ का अध्यक्ष यज्ञराज भट्ट विशिष्ट आथ्यित्यता रहेको थियो । 

कृषिमा आधुनिकरण ल्याउन कृषि कलेजसित समन्वय गर्छौ : अध्यक्ष, डिलासैनी गाउँपालिका

कार्यक्रममा बोल्दै डिलासैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले नेपालको जनसंख्याको दुई तिहाइ भन्दा बढी हिस्सा कृषिमा निर्भर रहेकाले पनि कृषकहरुलाई व्यावसायिक तथा आत्मनिर्भर बनाउन कृषिमा आधुनिकरण ल्याउन आवस्यक रहेको बताएका छन् । 

कृषि सहकारीका माद्यमबाट डिलासैनीमा आधुनिक र व्यावसायिक रुपमा कृषिमा सुधार ल्याउन सुरुवात गरेको भन्दै कफलासैनी बेतालेश्वर कृषि सहकारी लिमिटेडलाई धन्यवाद दिदैँ उनले डिलासैनीमा कृषकका समस्या सम्बोधन गर्न, कृषिमा आत्मनिर्भर र व्यावसायिक बनाउन र कृषकहरुको क्षमता अभिवृद्धी गर्न आवस्यक नीति तथा कार्यक्रम ल्याउने तयारी रहेको बताए । 

अध्यक्ष जोशीले डिलासैनी गाउँपालिका ५ को सेटिगाउँमा रहेको गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजका विद्यार्थीहरुसित समेत सहकार्य गरेर यस क्षेत्रको कृषिमा आधुनिकरण तथा व्यावसायिकताको सुरुवात गर्नका लागि आवस्यक समन्वय भइरहेको उल्लेख गरेका छन् । 

प्रतिक्रिया