Wide Nepal News मङ्गलबार ११, बैशाख २०८१ ०१:१५

'ग्लोबल मनी विक' मा कुमारी बैंकको डिलासैनी शाखाद्धारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

सम्बाददाता सम्बाददाता
सोमबार, चैत १३, २०७९
'ग्लोबल मनी विक' मा कुमारी बैंकको डिलासैनी शाखाद्धारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

कुमारी बैंकको डिलासैनी शाखाले वित्तीय साक्षरता सचेतना कार्यक्रम  गरेको छ ।

'ग्लोबल मनी विक २०२३' अभियान अन्तर्गत आइतबार बैंकको डिलासैनी शाखाले दुर्गा माद्यमिक विद्यालय सिमारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा सहभागी सेवाग्राहीलाई वित्तीय लक्ष्य निर्माण, बचत तथा ऋण सम्बन्धी जानकारी दिइएकोथियो ।

यस्तै डिजिटल कारोबार प्रवर्द्धन का लागि मोबाइल बैंकिङ, भाइबर बैंकिङ, अनलाइन खाता कसरी खोल्ने लगायतका विषयमा जानकारी गराइएको कुमारी बैंक लिमिटेड डिलासैनी शाखाका प्रबन्धक निरज खरेलले जानकारी दिए । 

शाखा प्रबन्धक खरेलद्धारा सहजीकरण गरिएको कार्यक्रममा विद्यार्थी, कर्मचारी र शिक्षक गरी ७७ जनाको सहभागिता रहेको थियो ।

'Plan your money, Plant your future' नाराका साथ २० मार्च देखि मार्च २६ सम्म सञ्चालन भएको 'ग्लोबल मनी विक २०२३' लाई दार्चुला, बैतडी सहित देशभरिका बैंक तथा वित्तीय संस्थाले विभिन्न सचेतनामूलक कार्यक्रम गरि मनाएका छन् । 

प्रतिक्रिया