Wide Nepal News बिहिबार १३, बैशाख २०८१ ०१:४०

सुदूरपश्चिम विश्वविद्यालयका १० क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै, ४ मा लागेन अझै टुङ्गो

सम्बाददाता सम्बाददाता
बुधबार, चैत ०८, २०७९
सुदूरपश्चिम विश्वविद्यालयका १० क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै, ४ मा लागेन अझै टुङ्गो

सुदूरपश्चिम विश्वविद्यालयका १० वटा आङ्गिक क्याम्पसमा स्ववियुको नेतृत्वका लागि आज निर्वाचन हुँदै छ।

विश्वविद्यालयको अन्तर्गतका १५ क्याम्पस मध्ये १० क्याम्पसमा बिहान ८ बजेदेखि स्ववियु निर्वाचनका लागि मतदान हुन लागेको हो। स्ववियु निर्वाचनका लागि गत १ चैतमा मनोनयन दर्ताको समय भए पनि आन्तरिक विवादका कारण केन्द्रीय क्याम्पसहितका ५ क्याम्पसमा मनोनयन दर्तासमेत हुन सकेको थिएन।

तर, केन्द्रीय क्याम्पसले आगामी २१ गते निर्वाचनको नयाँ मिति तय गरे पनि अन्य ४ क्याम्पसमा भने निर्वाचनको मिति अझै तय हुन सकेको छैन। बाँकी ४ क्याम्पसमा स्ववियु निर्वाचन गराउनका लागि विद्यार्थी सङ्गठन र क्याम्पस प्रशासन अझै छलफलमा छन्। 

सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको गोकुलेश्वर बहुमुखी क्याम्पसमा भने यसअघि नै सहमतीका आधारमा नेतृत्वको टुंगो लागेको हो । गत चैत्र ३० गते नै अखिल क्रान्तिकारीका नवीन बिष्ट गोकुलेश्वर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा सर्वसम्मत चयन भएका हुन् ।

प्रतिक्रिया