Wide Nepal News बुधबार ०३, बैशाख २०८२ ०२:३३

सेटिगाउँ बहुमुखी क्याम्पसमा स्ववियु सभापतिका लागि ने.वि.संघबाट रावलको दाबी

सम्बाददाता सम्बाददाता
शनिबार, फागुन २०, २०७९
सेटिगाउँ बहुमुखी क्याम्पसमा स्ववियु सभापतिका लागि ने.वि.संघबाट रावलको दाबी

आसन्न स्वतन्त्र विद्यार्थी युनियनलाई लक्षित गरेर त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरु तयारीमा जुटेका छन् । आगामी चैत्र ५ मा हुने स्ववियु निर्वाचनमा सेटिगाउँ बहुमुखी क्याम्पस बैतडीमा स्ववियु सभापति पदमा क्याम्पसमा अध्ययनरत कृष्णसिंह रावलले उम्मेदवारी दाबी गरेका छन् । 

नेपाल विद्यार्थी संघको तर्फबाट सेटिगाउँ बहुमुखी क्याम्पस बैतडीमा स्ववियु सभापति पदका लागि विद्यार्थी नेता रावलले आफ्नो उम्मेदवारी दाबी गरेका हुन् । 

नेपाल विद्यार्थी संघ दार्चुलाका सहसचिव समेत रहेका रावल सेटिगाउँ बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर तथा भौतिक व्यवस्थापन गर्न समेत ठुलो योगदान रहेको जानकारी गराउदै सभपतिको पदमा आफ्नो दाबी रहेको जानकारी दिए ।  

सेटिगाउँ बहुमुखी क्याम्पसका विद्यार्थीहरु संग विभिन्न बिषयमा छलफल गरी विद्यार्थीहरुको चाहना र सुझाव सल्लाह बमोजिम आफ्नो उम्मेदवारी घोषणा गरेको उनले बताए । 

कक्षा ८ देखी ने.बि. संघ मा लागेका रावलले क्याम्पस को चौतर्फी बिकास र विद्यार्थीको हकहितका निमित्त आफुले गर्नसक्ने कामहरु लाई समेटेर केहिदिनमै घोषणा पत्र पनि जारी गर्ने बताए । 

प्रतिक्रिया