Wide Nepal News बुधबार २२, जेठ २०८२ ०७:१३

सेटिगाउँ बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारीको दाबी

सम्बाददाता सम्बाददाता
शनिबार, फागुन २०, २०७९
सेटिगाउँ बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारीको दाबी

आसन्न स्वतन्त्र विद्यार्थी युनियनलाई लक्षित गरेर त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरु तयारीमा जुटेका छन् । आगामी चैत्र ५ मा हुने स्ववियु निर्वाचनमा सेटिगाउँ बहुमुखी क्याम्पस बैतडीमा स्ववियु सभापति पदमा क्याम्पसमा अध्ययनरत रोेशन भण्डारीले पनि उम्मेदवारी दिने भएका छन् । नेपाल विद्यार्थी संघको तर्फबाट सेटिगाउँ बहुमुखी क्याम्पस बैतडीमा स्ववियु सभापति पदका लागि भण्डारीले आफ्नो उम्मेदवारी दाबी गरेका हुन् । 

नेपाल विद्यार्थी संघ बैतडीका जिल्ला सदस्य रहेका भण्डारी सेटिगाउँ बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर तथा भौतिक व्यवस्थापन गर्न समेत ठुलो योगदान रहेको जानकारी गराउदै सभपतिको पदमा आफ्नो दाबी रहेको जानकारी दिए ।  

सेटिगाउँ बहुमुखी क्याम्पसका विद्यार्थीहरु संग विभिन्न बिषयमा छलफल गरी विद्यार्थीहरुको चाहना र सुझाव सल्लाह बमोजिम आफ्नो उम्मेदवारी घोषणा गरेको उनले बताए । 
 

प्रतिक्रिया