Wide Nepal News शनिबार ०८, बैशाख २०८१ ०१:३६

गोकुलेश्वरमा लागुऔषध नियन्त्रणको माग राख्दै रास्वपाद्धारा प्रहरीलाई ज्ञापनपत्र

युवा पूस्ता लागुऔषध दुव्र्यसनीको दलदलमा फसेको भन्दै चिन्ता व्यक्त
सम्बाददाता सम्बाददाता
शुक्रबार, फागुन १९, २०७९
गोकुलेश्वरमा लागुऔषध नियन्त्रणको माग राख्दै रास्वपाद्धारा प्रहरीलाई ज्ञापनपत्र

पछिल्लो समय दार्चुलाको दोस्रो ठूलो व्यापारिक केन्द्रका रुपमा रहेको गोकुलेश्वरमा लागुऔषध प्रयोगकर्ताको संख्या बढ्न थालेको भन्दै लागुऔषध नियन्त्रणको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)शैल्यशिखर नगर समितीले प्रहरीलाई ज्ञापनपत्र बुझाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी शैल्यशिखर नगर सभापतीका सभापति करन बिष्ट लगायतका स्थानीय युवाहरुको समूहले शुक्रबार इलाका प्रहरी कार्यालय गोकुलेश्वरलाई ज्ञापनपत्र बुझाएको हो ।

गोकुलेश्वर बजारसहित आसपासका क्षेत्रमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार हुने गरेको पाइएको भन्दै पार्टीले चिन्ता व्यक्त गरेको छ । कानुनी रुपमा बर्जित ब्राउनसुगर, गाँजा, नाइट्रोभेट, स्पास्मो, कोरेक्स, चरेश लगायतका लागुऔषधको प्रयोग गरि युवा पुस्ता दुव्र्यसनीको सिकार भइरहेका उल्लेख गर्दै लागुऔषध नियन्त्रणको माग राख्दै पार्टीको शैल्यशिखर नगर कार्य समितीले प्रहरीलाई ज्ञापनपत्र बुझाएको (रास्वपा)का शैल्यशिखर नगर सचिव राजेन्द्र पन्तले जानकारी दिए । 

यस्तै दिनप्रतिदिन युवा पुस्ता लागुऔषध सेवनको सिकार बन्न थालेपछि गोकुलेश्वरका सचेत युवा समूहले  बजार क्षेत्रमा लागुऔषधको ओसारपसार तथा दुव्र्यसन न्युनिकरणका लागि आफूहरुले प्रहरीलाई सघाउने प्रतिबद्धता समेत व्यक्त गरेको सचिव पन्तले बताए । 

 

प्रतिक्रिया