Wide Nepal News बुधबार २६, बैशाख २०८१ ०९:१६

सकियो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, २१ स्वर्णसहित महाकाली नगरपालिकाले जित्यो उपाधी

सम्बाददाता सम्बाददाता
बिहिबार, फागुन १८, २०७९
सकियो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, २१ स्वर्णसहित महाकाली नगरपालिकाले जित्यो उपाधी

गत फागुन १२ गतेदेखि जारि १३ ओेैँ दार्चुला जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ को उपाधी महाकाली नगरपालिकाले प्राप्त गरेको छ । जिल्ला सदरमुकाम खलंगामा सुरू भएको प्रतियोगिता बिहीबार (आज) सम्पन्न भएको हो ।

प्रतियोगितामा प्रथम महाकाली नगरपालिका, द्वितीय मालिकार्जुन गाउँपालिका र तृतीय मार्मा गाउँपालिका भएका छन् । सातौं दिन आज सञ्चालन भएको छात्र हाइजम्पमा महाकाली नगरपालिका प्रथम, छात्र भलिबलमा लेकम गाउँपालिका प्रथम, छात्रा भलिबलमा नौगाड गाउँपालिका प्रथम र छात्र कबड्डीमा महाकाली नगरपालिकाले प्रथम स्थान प्राप्त गरेका छन् । 

सात दिनसम्म सञ्चालन भएका विभिन्न विधाका खेलहरूमा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने र उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी र पालिकाहरूलाई मेडल, प्रमाणपत्र र सिल्ड प्रदान गरेर सम्मानित गरिएको छ ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानसिंह बुढाथोकीको अध्यक्षतामा आयोजित समापन समारोहमा जिल्ला समन्वय समिति प्रमुख महादेब बडू, महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसीर, मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिंह धामी, मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामी, नौगाड गाउँपालिका अध्यक्ष दलजितसिंह धामी, महाकाली नगरपालिकाका उपप्रमुख दुर्गा विष्ट लगायतको आतिथ्यता रहेको थियो । 

विभिन्न स्थान प्राप्त गर्ने खेलाडीहरूलाइ पुरस्कृत गर्ने र खेल क्षेत्रको विकासमा थप ध्यान दिने विभिन्न पालिकाका जनप्रतिनिधिहरूले प्रतिवद्दता जनाएका छन् । 

प्रतिक्रिया