Wide Nepal News बिहिबार १३, बैशाख २०८१ ०३:३०

मालिकार्जुन अस्पताल प्रा.लि.को ओपिडी सेवा सुरु, विशेषज्ञ सेवासहित फागुन १८ मा उद्घाटन

सम्बाददाता सम्बाददाता
सोमबार, फागुन १५, २०७९
मालिकार्जुन अस्पताल प्रा.लि.को ओपिडी सेवा सुरु, विशेषज्ञ सेवासहित फागुन १८ मा उद्घाटन

दार्चुलाको दोस्रो ठूलो बजार गोकुलेश्वरमा स्थापना भएको मालिकार्जुन अस्पताल प्रा.लि.ले फागुन १५ (आजदेखि) स्वास्थ्य सेवा सुरु गरेको छ । 

विषेशज्ञ चिकित्सक सहितका स्वास्थ्यकर्मीहरुको टोलिले शैल्यशिखर नगरपालिका ९ स्थित गोकुलेश्वरमा स्थापना गरेको निजी क्षेत्रको पहिलो तथा ठूलो अस्पतालका रुपमा मालिकार्जुन अस्पताल प्रा.लि.को आगामी फागुन १८ गते (बिहीबार) एक समारोहका बिच औपचारिक उद्घाटन गरिने अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालले औपचारिक उद्घाटन आगामी बिहीबारदेखि सुरु गर्ने भएपनि आजदेखि निशुल्क रुपमा बहिरंग (ओ.पि.डी.) सेवा सञ्चालनमा ल्याएको हो । 

अस्पतालले उद्घाटन समारोहका अवसरमा आगामी फागुन १८, १९ र २० गते अस्पतालमा वरिष्ठ रेडियोलोजिस्ट डा. अशोकराज पन्त, स्त्री तथा प्रसुतीरोग विशेषज्ञ डा. जगदीशचन्द्र बिष्ट, बरिष्ठ बालरोग विशेषज्ञ डा. पुष्पराज अवस्थीले विशेषज्ञ चिकित्सकीय सेवा प्रदान गर्ने भएका छन् । यस्तै हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. ओमकार बिष्ट, डा. सुनिल बोकटी लगायतले विशेषज्ञ चिकित्सकीय सेवा प्रदान गर्ने मालिकार्जुन अस्पतालका अहेव रामदत्त बिष्टले जानकारी दिएका छन् । 

दार्चुला, बैतडी, बझा​ङ, डडेल्धुरा लगायतका जिल्लाका सेवाग्राहीको सहजताका लागि गोकुलेश्वरमा अत्याधुनिक सुविधासहित निजी क्षेत्रको ठूलो अस्पताल सञ्चालनमा ल्याइएको तथा अस्पताल सञ्चालनमा आएपछि सामान्य एवम् जटिल प्रकृतिका रोगको उपचारका लागि टाढाटाढा जानुपर्ने बाध्यताको अन्त्य गर्न गोकुलेश्वरमै स्वास्थ्य सेवा प्रदान गर्ने उद्धेश्यले मालिकार्जुन अस्पताल प्रा.लि.को स्थापना गरिएको उनले बताए । 

अस्पतालको उद्घाटन समारोहका अवसरमा विशेषज्ञ चिकित्सक आउन लागेका भन्दै सेवाग्राहीलाई विषेश छुटमा स्वास्थ्य सेवा लिन अस्पताल प्रशासनले आग्रह गरेको छ । 

प्रतिक्रिया