Wide Nepal News शुक्रबार १६, चैत २०८० ०१:०२

गोकुलेश्वरमा शिवरात्री मेलाको रौनक सुरु, भोलिदेखि सांस्कृतिक महोत्सवको आयोजना गरिने

सम्बाददाता सम्बाददाता
शुक्रबार, फागुन ०५, २०७९
गोकुलेश्वरमा शिवरात्री मेलाको रौनक सुरु, भोलिदेखि सांस्कृतिक महोत्सवको आयोजना गरिने

भोलि फागुन ६ अर्थात् महाशिवरात्री पर्व । हिन्दुहरुको विषेश पर्वका रुपमा रहेको शिवरात्री पर्वका अवसरमा देशका विभिन्न शिवालयमा पुजाआजा गरिनुका साथै मेला महोत्सवको आयोजना हुँदैछन् । 

सोहि अवसर पारेर दार्चुलाको शैल्यशिखर नगरपालिका ९ स्थित गोकुलेश्वरमा पनि झण्डै १ शताब्दीको इतिहास बोकेको ऐतिहासिक गोकुलेश्वर मेला तथा सांस्कृतिक महोत्सवको रौनक सुरु भएको छ । 

अहिले गोकुलेश्वर बजारमा आगन्तुकहरुको चहलपहल बढेको छ भने विभिन्न सामग्रीका अस्थायी पसल राखिएका छन् । 

यस्तै शिवरात्री मेलाको अवसर पारेर गोकुलेश्वरमा यस वर्ष वृहत् सांस्कृतिक महोत्सवको आयोजना  गरिने भएको छ । 

राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिती दार्चुलाको आयोजनामा फागुन ६ (भोलि) देखि आगामी फागुन ११ गतेसम्म २ दर्जन बढि स्थानीय र राष्ट्रिय कलाकारहरुको उपस्थितीमा वृहत् सांस्कृतिक महोत्सवको आयोजना गरिन लागिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिती दार्चुलाका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक पुर्ण बहादुर साउँदले जानकारी दिएका छन् । 

भोलिदेखि सुरु हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको तथा भोलि एक समारोहका बिच वृहत् सांस्कृतिक महोत्सवको भव्य समुद्घाटन गरिने कार्यक्रम संयोजक साउँदले बताए । 

महोत्सवमा भोेलि फागुन ६ गते लोकप्रिय कलाकारद्धय महेशकुमार औजी र मनोजसिंह धामीले सांगितिक प्रस्तुती दिने आयोजकले जनाएको छ । 


 

प्रतिक्रिया