Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०३:२०

शैल्यशिखर नगरपालिकामा खसे ७४ प्रतिशत मत, मतगणना शनिबार बिहानबाट हुने

Wide Nepal News
शुक्रबार, बैशाख ३०, २०७९
काठमाडौं । दार्चुलाको शैल्यशिखर नगरपालिकामा स्थानीय तह निर्वाचनको मतदान प्रक्रिया सम्पन्न भएको छ । १४ हजार २ सय ९९ मतदाता रहेको शैल्यशिखर नगरपालिकामा ७४.७१ प्रतिशत मत खसेको छ  । निर्वाचन अधिकृतको कार्यालय शैल्यशिखर नगरपालिकाले शुक्रबार (अहिले) एक सूचना जारी गदैं शनिबार बिहान ७ बजे सर्वदलीय बैठक बस्ने तथा मतगणना प्रक्रिया बिहान ८ बजेबाट शुरु  हुने बताएको छ । शैल्यशिखर नगरपालिकाका २२ वटा मतदान केन्द्रबाट ५ हजार १ सय ८ पुरुष तथा ५ हजार ५ सय ७५ महिला मतदाता सहित जम्मा १० हजार ६ सय ८३ जनाले मतदान गरेका छन् । शैल्यशिखर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेशका उम्मेदवार अमरसिंह धामी र नेकपा एमालेका उम्मेवार विजयसिंह धामी बिच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया