Wide Nepal News शनिबार ०५, जेठ २०८१ ०३:४४

अनेरास्ववियुको २३औं महाधिवेशन सम्पन्न, सर्वाधिक मतसहित उपाध्यक्षमा बैतडीका गिरी विजयी

सम्बाददाता सम्बाददाता
शुक्रबार, फागुन ०५, २०७९
अनेरास्ववियुको २३औं महाधिवेशन सम्पन्न, सर्वाधिक मतसहित उपाध्यक्षमा बैतडीका गिरी विजयी

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा समिक बडाल विजयी भएका छन् । २३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत गएराति भएको निर्वाचनबाट निवर्तमान महासचिव बडाल अध्यक्षमा विजयी भएका हुन् ।

एक नेताका अनुसार उपाध्यक्षमा बैतडीका गोविन्द गिरी सर्वाधिक मतान्तरसहित विजयी भएका छन् । यस्तै उपाध्यक्षमा धर्म गिरी, नारायण घर्ती र मार्यादा विष्ट, महासचिवमा नरेश रोकाया तथा कोषाध्यक्षमा संगम अर्याल विजयी भएका छन् ।

गिरी संगठनको २२औं महाधिवेशनमा पनि सर्वाधिक मतसहित उपमहासचिव पदमा निर्वाचित भएका थिए । विद्यार्थीहरुमाझ लोकप्रिय छवि बनाएका गिरी अनेरास्ववियुको उपमहासचिव एवम् शैक्षिक विभाग प्रमुख भइ काम गर्दै आएका थिए । 

सचिवमा सन्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दीपेश प्रसाईं, अन्जना शिवाकोटी, आरती भट्टराई र बिनिता काफ्ले चुनिएका छन् ।

सहमतिमा नेतृत्व चयनको प्रयास असफल भएपछि गएराति विद्युतीय मेसिनमार्फत् मतदान भएको थियो । निर्वाचनमा १५१७ मत खसेको थियो ।

प्रतिक्रिया