Wide Nepal News शुक्रबार ०७, बैशाख २०८१ ११:२९

डिलासैनीमा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड सञ्चालन, १२ सामुदायिक विद्यालय सहभागी

सम्बाददाता सम्बाददाता
सोमबार, फागुन ०१, २०७९
डिलासैनीमा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड सञ्चालन, १२ सामुदायिक विद्यालय सहभागी

बैतडीको डिलासैनी गाउँपालिकामा गाउँपालिकास्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भएको छ । 

डिलासैनी गाउँपालिकाको आयोजनामा वडा नम्बर ५ स्थित हरिनगर खेलमैदानमा सोमबार एक समारोहका बिच प्रतियोगिताको उद्घाटन गरिएको हो । आजदेखि सञ्चालन भएको प्रतियोगितामा गाउँपालिका भरिका जम्मा १२ वटा सामुदायिक माद्यमिक विद्यालयको सहभागिता रहेको डिलासैनी गाउँपालिकाले जनाएको छ । 

डिलासैनी गाउँ खेलकुद विकास समितीका संयोजक विरेन्द्र बोहराको अध्यक्षतामा सञ्चालन भएको प्रतियोगितामा गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीको प्रमुख आतिथ्यता रहेको वडा नम्बर ७ का वडाअध्यक्ष तथा सामाजिक विकास शाखा संयोजक प्रकाशमणी भट्टले जानकारी दिए । 

बिहीबारसम्म सञ्चालन हुने प्रतियोगितामा छात्र/छात्रा दुबैतर्फ एथ्लेटिक्स, रिले, कबड्डी, भलिबल लगायतका खेल समावेश गरिएको वडाअध्यक्ष भट्टले बताए । 

प्रतिक्रिया