Wide Nepal News मङ्गलबार २८, असोज २०८२ ०२:४५

एसईई नजिकिँदै, दार्चुलामा १६ वटा परिक्षा केन्द्र तोकिए

सम्बाददाता सम्बाददाता
शुक्रबार, माघ २७, २०७९
एसईई नजिकिँदै, दार्चुलामा १६ वटा परिक्षा केन्द्र तोकिए

यस वर्षको माद्यमिक शिक्षा परिक्षा एसईई सुरु हुन लगभग ५० दिन मात्र बाकीँ छ । अगामी चैत १७ गते देखि संचालन हुने यस वर्षको एसईई परीक्षाका लागि दार्चुलामा परिक्षा केन्द्रहरु तोकिएका छन् । 

जिल्ला प्रशासन कार्यालय दार्चुलामा शुक्रबार बसेको जिल्ला परीक्षा समन्वय समितिको बैठकले एसईई परिक्षा संचालन गर्न १६ वटा परिक्षा केन्द्रहरु तोकिएको शिक्षा विकास तथा समन्वय ईकाइ दार्चुलाले जनाएको छ ।

वि.सं. २०७९ सालको एसईई परिक्षा संचालन गर्न गत वर्षकै परीक्षा केन्द्रहरु यथावत गरिएको तथा यस वर्ष दार्चुलाबाट २ हजार ९ सय ७१ जनाले एसईई परीक्षामा भाग लिने बताइएको छ । 

महेन्द्र मावि खलंगा, मालिकार्जुन मावि धाप, गोकुलेश्वर मावि गोकुलेश्वर, शंकरपुर मावि पस्ती, लटिनाथ मावि रस्कोट मार्मा, तपोवन मावि पडपडा, हिमालय मावि हुती, कृष्ण मावि लाली, लटिनाथ मावि चन्दनपुर चौपाता, गणेश विनायक मावि सिप्टी, लटिनाथ मावि खार, राष्ट्रिय मावि दत्तु, जनविकास मावि बारबाज, मालिकार्जुन मावि मड, सरस्वती मावि उकु र कृष्ण मावि बलाँचमा गरी १६ वटा केन्द्रहरु कायम गरिएको बताइएको छ । 

जिल्लामा नियमित र पुरक गरी २ हजार ९ सय ७१ जना परीक्षार्थीले परीक्षामा सहभागिता जनाउने छन् ।

प्रतिक्रिया